
काठमाडौं, १८ जेठ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले खास लडाइँ भोलिबाट सुरू हुने बताएका छन् ।
आज राप्रपा नेपालका अध्यक्ष कमल थापा लगायत पक्राउ परेपछि लिङदेनले चेतावनी दिएका हुन् ।
‘कमल थापा लगायतलाई गिरफ्तार गरियो भन्ने सुनेको छु। नेपाल सरकार, गृहमन्त्री प्रहरी प्रमुखलाई भद्रतापूर्वक मेरो आग्रह छ, कमल थापालाई यहीँ ल्याइदिनुस्,’ उनले भने, ‘होइन भने हामी देशभरीबाट साथीभाइलाई बोलाउछौँ खास लडाइँ भोलिबाट हुन्छ। अब एक ठाउँबाट भेला भएर होइन ५० ठाउँबाट निस्किन्छौँ। अहिले भरखर कमल थापालाई यहीँ नल्याइदिने हो भने भोलिबाट काठमाडौँ उपत्यका बन्द सुरु हुन्छ।’









प्रतिक्रिया