
पोखरा, १८ जेठ । गण्डकीमा जारी यातायात व्यवसायीको आन्दोलनले गर्दा सार्वजनिक यातायात चल्न सकेका छैनन् । जसले गर्दा यात्रुहरू अलपत्र परेका हुन् ।
यसैबीच यातायात बन्द हुँदा पोखरामा अलपत्र परेका यात्रुलाई आइतबार सशस्त्र प्रहरी र नेपाल प्रहरीले स्कर्टिङ गरेर काठमाडौँ र चितवनतर्फ पठाएको छ।
सार्वजनिक यातायात बचाउ संघर्ष समिति गण्डकी प्रदेशले जेठ १६ गतेदेखि गण्डकी प्रदेशमा सार्वजनिक यातायात बन्द गर्दै आएको छ। आज बिहान १० बजेदेखि २५ वटा पर्यटक बसमा स्कर्टिङ गरेर गन्तव्यमा पठाइएको बताइएको छ ।
सशस्त्र प्रहरी बल नेपाल नम्बर २४ कालिका गण कास्की र नेपाल प्रहरीको संयुक्त टोलीले पोखराबाट कास्कीको सीमाना कोत्रेसम्म स्कटिङ्ग गर्दै आएको छ। त्यहाँबाट नम्बर २३ मनकामना गण तनहुँले नेपाल प्रहरीसहित स्कर्टिङ गरी मुग्लिनसम्म पुर्याउँदै आएको छ।








प्रतिक्रिया