
डोटी, १८ जेठ । डोटीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
केआईसिंह गाउँपालिका-५ केदार गाउँमा आज बिहान बोगटान फुड्सिलको गगुडाबाट दिपायलतर्फ आउँदै गरेको सुपप्र ०१००१ज१४६४ नम्बरको जिप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको हो ।
मृत्यु हुनेमा फुड्सिल गाउँपालिका–६ गगुडाका ४२ वर्षीय मीन बम रहेका छन् । दुर्घटनामा जिप चालकसहित आठ जना घाइते भएका छन् ।
उनीहरूको शैलेश्वरी अस्पताल दिपायलमा उपचार भइरहेको छ।









प्रतिक्रिया