१५ असार २०८३, सोमबार

आफताब आलमलाई मस्तिष्कघात, आईसीयूमा उपचार हुँदै

1.5k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १६ जेठ । गत बुधबार मात्रै रिहा भएका नेपाली कांग्रेस नेता एवं पूर्वमन्त्री मोहम्मद आफताब आलमलाई मस्तिष्कघात भएको छ ।

आज बिहान उनलाई मस्तिष्कघात भएपछि माइतीघरस्थित अन्नपूर्ण न्युरो अस्पतालमा उपचार भइरहेको हो । उनको आईसीयूमा उपचार भइरहेको जानकारी दिइएको छ । उनलाई एक्युट स्ट्रोक देखिएको चिकित्कसले बताएका छन् ।

बम विस्फोटका घाइतेहरूलाई ज्युँदै इँटाभट्टामा जलाएर मारेको अभियोग लागेका उनी बुधबार उच्च अदालतको वीरगञ्ज इजलासले सफाइ दिएपछि रिहा भएका थिए ।