
काठमाडौं, १६ जेठ । विपक्षी दलले भिजिट भिसा प्रकरणमा जोडिएका गृहमन्त्री रमेश लेखकको राजीनामाको मागबाट पछि हट्न अस्वीकार गरेका छन् ।
आज सभामुख देवराज घिमिरेले बोलाएको सचेतक र प्रमुख सचेतकहरूको बैठकमा विपक्षी दलहरूले गृहमन्त्रीको राजीनामाको मागलाई यथावत् राखेका हुन् ।
गृहमन्त्रीको राजीनामा र छानबिन समिति नबनेसम्म आन्दोलन जारी राख्ने विपक्षीको अडान छ ।








प्रतिक्रिया