
काठमाडौं, १६ जेठ । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले संघीय सरकारले हिजो ल्याएको बजेट तथा कार्यक्रमले विद्यमान समस्या समाधानमा जोड दिएको बताएका छन् ।
सरकारले स्टार्टअप व्यवसायलाई कर नलगाउने गरी ल्याएको बजेट तथा कार्यक्रमले युवालाई देशमा नै केही गर्न प्रेरित गरेको उनको धारणा छ ।
सरकारले ल्याएको आउने आर्थिक वर्षको बजेट तथा कार्यक्रममा १० करोडसम्मको आर्थिक कारोबार गर्ने स्टार्टअप व्यवसायलाई ५ वर्षसम्म आयकर नलाग्ने घोषणा गरेको छ ।
‘बजेट समस्या केन्द्रित समाधानको प्रयासमा, युवाहरू अब देशमै केही गर्न अग्रसर होऊ, हाम्रो देश हामीले नबनाएर अरू कसैले बनाइदिने होइन, त्यसैले भनौँस् म बनाउँछु मेरो देश नेपाल’, सामाजिक सञ्जाल फेसबुकमा पोखरेलले उल्लेख गरेका छन् ।









प्रतिक्रिया