२२ जेष्ठ २०८३, शुक्रबार

बजेट उत्ताउलो छैन तर खर्च हुने आधारहरु देखिदैन : रास्वपा

938
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १५ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारले ल्याएको बजेट उत्ताउलो र गैर जिम्मेवार नरहेको बताएको छ ।

आज संसद भवन परिसरमा रास्वाप उपसभापति स्वर्णिम वाग्लेले बजेर उत्ताउलो र गैरजिम्मेवार नरहेता पनि खर्च हुने आधार भने नदेखिएको बताएका हुन् ।

सरकारले १९ खर्ब ६४ अर्ब ११ करोडको बजेट ल्याएपनि १५÷१६ खर्ब भन्दा बढी खर्च हुने आधारहरु नभएको उनको भनाइ छ ।

अङ्कको स्वरूप र विश्वसनीयता पूरानै कुराको निरन्तरता हुन्छ कि भन्ने डर आफूहरुलाई लागेको उनले बताए ।

राजस्वका विभिन्न कुराहरु पनि पत्यारिलो नभएको उनको भनाइ छ ।