
काठमाडौं, १५ जेठ । नेकपा (माओवादी केन्द्र) ले सरकारले आशा जगाउने बजेट ल्याउन नसकेको टिप्पणी गरेको छ ।
पूर्व अर्थमन्त्री तथा माओवादी केन्द्रका सांसद वर्षमान पुनले सरकारले आशा जगाउने खालको बजेट ल्याउन नसकेको बताएका हुन् ।
बिहीबार सरकारले बजेट प्रस्तुत गरेपछि सञ्चारकर्मीसँगको कुराकानीमा उनले अर्थतन्त्रलाई समग्र रुपले चलायमान बनाउने ढंगले भन्दा पनि नियमित ढंगले बजेट आएको बताए ।
उनले भने,‘अर्थतन्त्रलाई समग्र रुपले चलायमान बनाउने ढंगले भन्दापनि जस्तो छ नियमित गरौं भन्ने खालको नियमित बजेटको रुपमा आएको छ । बलियो सरकार छ,तर आशाजगाउन सकेन । बलियो बजेट आउनुपर्ने हो । त्यस्तो बलियो देखिएन । छरिएर आएको छ ।’
त्यस्तै उनले करको विषयमा भने विद्युतीय गाडीमा निरन्तरता गरेर पर्यावरण संरक्षणका कुराले पनि राम्रो काम भएको धारणा राखे ।














प्रतिक्रिया