
काठमाडौं, १४ जेठ । गृहमन्त्री रमेश लेखकले केही दिनअघि प्रधानमन्त्री केपी शर्मा ओलीले गणतन्त्र दिवसको दिन काठमाडौं एमालेको नियन्त्रणमा हुनुपर्छ भन्ने अभिव्यक्तिलाई आफूले सकारात्मक रूपमा लिएको बताएका छन् ।
आज पत्रकार सम्मेलन गर्दै गृहमन्त्रीले प्रधानमन्त्रीले संगीतमय नियन्त्रणको कुरा गरेका बताएक हुन् ।
उनले भने,’सम्माननीय प्रधानमन्त्रीले गणतन्त्र दिवसलाई उत्साहका साथ संगीतमय रुपमा र सांस्कृतिक कार्यक्रमका साथ बनाउँ भन्नुभएको हो । परम्परागत बाजाहरुको सडकमा प्रदर्शन गरेर यसलाई गणतन्त्र दिवसको महोत्सवका रुपमा मनाउँ भन्नुभएको अर्थमा मैले बुझेको छु । उहाँले संगीतमय नियन्त्रणको कुरा गर्नुभएको हो । यो कुनै राजनीतिक नियन्त्रण वा हिंसात्मक नियन्त्रणको कुरा उहाँले गर्नुभएको होइन । संगीतको नियन्त्रण भन्नुभएको हो । पूरै काठमाडौं उपत्यका जेठ १५मा संगीतको नियन्त्रणमा हुन्छ भन्नुभएको अर्थमा मैले बुझेको छु,’ ।








प्रतिक्रिया