११ असार २०८३, बिहिबार

अफताब आलमलाई उच्च अदालतबाट सफाइ

658
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १४ जेठ । रौतहट हत्याकाण्डका आरोपी नेपाली काँग्रेसका नेता अफताब आलमलाई उच्च अदालतले सफाइ दिएको छ ।

जिल्ला अदालत रौतहटले उनलाई दोषी ठहर गर्दै जन्मकैदको फैसला गरेकोमा उच्च अदालतको वीरगञ्ज इजलासले सफाइ दिएको हो । काँग्रेस पूर्वसांसद आलममाथि संविधान सभाको निर्वाचनका बेला रौतहटको राजपुरस्थित इँटा भट्टामा पोलेर व्यक्ति हत्या गरेको आरोप लागेको थियो ।

उनी घटनाको १२ वर्षपछि१९ असोज २०७६ मा पक्राउ परेका थिए ।

आलमका काका शेख इन्द्रिसको घरमा बम बनाउने क्रममा त्रिलोकप्रताप सिंह र ओशी अख्तरसहित घाइतेहरूलाई जिउँदै इँटाभट्टामा जलाएर हत्या गरेको आरोप आलममाथि थियो ।