१९ असार २०८३, शुक्रबार

लुम्बिनीकी सांसद गीता गुरुङ पदमुक्त

364
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

रुपन्देही, १४ जेठ । लुम्बिनी प्रदेशसभा सदस्य गीता गुरुङ पदमुक्त भएकी छन् ।

लगातार १० वटा बैठकमा अनुपस्थित भएपछि आज संविधान र नियमावलीअनुसार उनको पद रिक्त भएको घोषणा गरिएको हो ।

जनमत पार्टीबाट समानुपातिक सांसद बनेकी गुरूङ लामो समयदेखि बेलायतमा । उनले यसअघि नै राजीनामाको पत्र पठाएकी थिइन् । तर उनको राजीनामा पत्रको आधिकारीकता पुष्टि नभएको भन्दै स्वीकृत हुन सकेको थिएन् ।

जनमत पार्टी संसदीय दलका नेता चन्द्रकेश गुप्ताले मंगलबार सभामुख तुलाराम घर्तीलाई पत्र पठाउँदै गुरुङ लगातार १० बैठकमा अनुपस्थित भएकाले संविधानअनुसार पद रिक्त घोषणा गर्न अनुरोध गरेका थिए ।

जसअनुसार सभामुखले पदमुक्त भएको घोषणा गरेका हुन् ।