१८ असार २०८३, बिहिबार

आज पनि कार्यसूचीमा प्रवेश नै नगरी प्रतिनिधिसभा बैठक स्थगित

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १४ जेठ । प्रतिनिधिसभाको बैठक आज पनि स्थगित भएको छ ।

भिजिट भिसा प्रकरणमा नाम जोडिएका गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दैै विपक्षीले अवरोध कायमै राखेपछि बैठक आज पनि कार्यसूचीमा प्रवेश नै नगरी स्थगित भएको हो ।

बिहान ११ बजेका लागि डाकिएको बैठक १ बजे मात्रै बसेको थियो । विपक्षीले गृहमन्त्री रमेश लेखकको राजीनामा मागेर उठेर विरोध जनाएपछि सभामुख देवराज घिमिरेले ३० मिनेटको लागि स्थगित गरेका थिए।

त्यसपछि बैठक बस्दै नबसी स्थगित भएको हो । अर्को बैठक भोलि दिउँसो साढे १ बजेका लागि बोलाइएको छ ।