
धुलिखेल, १४ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारले नयाँ कामको थालनी गरेको बताएका छन् ।
धुलिखेल अस्पताल परिसरमा निर्माण हुने धुलिखेल ट्रमा तथा आकस्मिक केन्द्रको शिलान्यास गर्दै उनले सरकारले नयाँ कामको थालनीका साथै पुराना कामहरु पूरा गर्दै अघि बढेको बताएका हुन् ।

‘सरकारले केही काम गरेन भनेर आलोचना गरिंदै छ, सरकारले थुप्रै काम सुरु गरेको छ, बिकास एकै दिनमा हुन्न, बिस्तारै हुँदै जान्छ, कुरा गर्न जस्तो सजिलो हुन्न, काम गर्न समय लाग्छ, काम गर्नका लागि सबैसंग हामी गर्छौ भन्ने भावना भने हुनुपर्दछ,’ प्रधानमन्त्री ओलीले भने ।
उनले कुनैपनी कुराको टिप्पणी गर्नका लागि धेरै मानिसको आवश्यकता नपर्ने भएपनि काम गर्नका लागि भने धेरै मानिस चाहिने बताए। सरकार कामको सुरुवात गर्न, सुरु गरेका कामहरु सम्पन्न गर्न, आशामा नै भविश्य छ भन्ने कुरामा बिश्वास गर्ने स्पष्ट पारे ।
प्रधानमन्त्री ओलीले जलवायु परिवर्तनको कुराले सतर्क हुन सुझाव पनि दिएका छन् । उनले जापान नेपालको भरपर्दो मित्र देश र बिकासको भरपर्दो साझेदार देशको रुपमा रहेको बताए ।










प्रतिक्रिया