
पोखरा, १४ जेठ । नेकपा (एमाले) गण्डकीले युबा संघ नेपालको दशौं राष्ट्रिय महाधिवेशनबाट नवनिर्बाचित पदाधिकारी तथा सदस्यलाई सम्मान गरेको छ।
नवनिर्बाचित पदाधिकारी तथा सदस्यलाई सम्मान गर्दै एमाले गण्डकी प्रदेश अध्यक्ष नवराज शर्माले देशमा आशा, विश्वास र सम्भावनाका स्रोत युवा भएको हुँदा नयाँ कार्यसमितिलाई प्रतिष्पर्धी सबैको भावनाअनुरूप कार्ययोजनासहित काम गर्न आग्रह गरे ।
शर्माले देश र पार्टी निर्माणका लागि ससक्त युवा चाहिने हुँदा युवाहरूमा आशाको संचार हुनेगरी काम गर्न आग्रह गरेका हुन् । नवनिर्बाचित अध्यक्ष क्षितिज थेबेले पार्टीको कार्यदिशा मुताविक समृद्व नेपाल, सुखी नेपाली निर्माणको अभिभारा पूरा गर्न लागि पर्ने प्रतिबद्धता ब्यक्त गरे।
नव निर्बाचित समितिलाई अध्यक्ष शर्मासहित, सल्लाहकार परिषद अध्यक्ष मोहन रेग्मी, उपाध्यक्ष मीन प्रसाद गुरुङ, सचिव धनन्जय दवाडी, उप सचिव दाम बहादुर वि.क सहितले आज एक विशेष कार्यक्रमकाबीच सम्मान गरेका हुन् ।









प्रतिक्रिया