
पोखरा, १३ जेठ । नेकपा (एमाले) को प्रमुख जनवर्गीय संगठन राष्ट्रिय युवा संघ नेपालको अध्यक्षमा क्षितिज थेबे पुन:निर्वाचित भएका छन् ।
पोखरामा भएको दशौँ महाधिवेशनबाट थेबे अध्यक्षमा दोस्रो पटक निर्वाचित भएका हुन् ।
थेबेले अध्यक्षका अर्का प्रत्यासी वर्तमान महासचिव सुमन पुरीलाई पराजित गरेका हुन् । थेबेले ७९६ मत पाएका थिए भने उनका प्रतिस्पर्धी सुमन पुरीले ६०८ मत पाए।














प्रतिक्रिया