
काठमाडौं, १३ जेठ । प्रतिनिधिसभा बैठक भोलिसम्मका लागि स्थगित भएको छ।
बैठक भोलि बिहान ११ बजे बस्ने संसद् सचिवालयले जनाएको छ। भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग्दै विपक्षी दलले संसद अवरोध गरेपछि बैठक स्थगित भएको हो ।
बिहान १२ बजे सुरु भएको बैठकमा विपक्षी दलले गृहमन्त्रीले राजीनामा माग गर्दै संसद अवरोध गरेपछि सभामुख देवराज घिमिरेले आधा घण्टाका लागि स्थगित गरेका थिए । तर बैठक बस्दै नबसी भोलिका लागि तोकिएको हो ।
बैठक भोलि बिहान ११ बजे बस्नेछ ।









प्रतिक्रिया