
काठमाडौं, ९ जेठ । सर्वोच्च अदालतले न्यायाधीसहरूको मानमर्दन नगर्न चेतावनी दिएको ।
रास्वपा सभापति रवि लामिछाने र पूर्वडीआईजी छविलाल जोशीलाई थुनामै राख्ने निर्णय गर्दै सर्वोच्चले न्यायाधीसको मानमर्दन हुने टिप्पणी नगर्न चेतावनी दिएको हो ।
आज सर्वोच्च अदालतका न्यायाधीसद्वय नहकुल सुबेदी र बालकृष्ण ढकालको इजलासले लामिछाने र जोशीलाई थुनामै राख्ने उच्च अदालत बुटवल तुलसीपुर इजलासको आदेश सदर गरेको छ ।
आदेशमा भनिएको छ, ‘अदालतबाट भएका आदेश एवम् फैसलाहरु उपर स्वच्छ र रचनात्मक टिप्पणीहरु सदैव अपेक्षित नै हुने भए तापनि नियोजित ढंगले न्यायाधीशहरुको मानमर्दन गर्ने र जनमानसमा भ्रमपूर्ण सन्देश प्रवाह गर्ने प्रकृतिका क्रियाकलापबाट न्याय सम्पादनको कार्यमा अनपेक्षित अवरोध (अब्स्ट्रक्सन अफ जस्टिस) हुन जाने भएकाले त्यसतर्फ संवेदनशील रहन सबै पक्षका लागि यो आदेश जारी गरिएको छ ।’








प्रतिक्रिया