
काठमाडौं, ९ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण रिटको सुनुवाई सकिएको छ ।
आज जाहेरवालाको तर्फबाट वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारी र दिनेश त्रिपाठी तथा अधिवक्ता रामचन्द्र आरसी गौतमले बहस गरेका थिए ।
जाहेरवालाका कानुन व्यवसायीको बहसपछि वरिष्ठ अधिवक्ताहरु सुशीलकुमार पन्त र रमनकुमार श्रेष्ठले लामिछाने तथा सतिषकृष्ण खरेलले छविलाल जोशीको तर्फबाट जवाफी बहस गरेका थिए ।
छविलाल जोशीको रिट पनि लामिछानेसँगै राखेर सुनुवाई भएको हो । आजै आदेश आउने बताइएको छ ।








प्रतिक्रिया