
संखुवासभा, ९ जेठ । संखुवासभामा प्रहरीले बालिकाको शव नियन्त्रणमा लिएको छ ।
भोट खोला गाउँपालिका वडा नं. ४ सिप्प्रङकी ६ वर्षीया युनिका तामाङको शव प्रहरीले नियन्त्रणमा लिएको हो । दाहसंस्कारका लागि लैजाँदै गर्दा शव नियन्त्रणमा लिइएको प्रहरीले जानकारी दिएको छ ।
प्रहरीले बालिकाका बुवा, काका र काकीलाई पक्राउ गरेको छ । प्रहरीका अनुसार उनका बुवा गोपाल र मृतककी काकी कल्पनाका बीचमा झगडा हुँदा युनिका घाइते भएकी थिइन् ।
झगडाका क्रममा कल्पनाले भतिजी युनिकालाई धकेलेर लडाएको आरोप छ । लडेर घाइते भएकी युनिकाको नोबेल अस्पताल विराटनगरमा उपचारका क्रममा जेठ ७ गते मृत्यु भएको थियो । प्रहरीले थप अनुसन्धान अगाडि बढाएको छ ।








प्रतिक्रिया