१६ असार २०८३, मंगलबार

धादिङमा ८८ वर्षीय वृद्धमाथि खुकुरी प्रहार

490
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २५ बैशाख । धादिङमा एक वृद्धमाथि खुकुरी प्रहार भएको छ ।

नीलकण्ठ नगरपालिका-९ नियालपानीका ८८ वर्षीय जगनाथ लम्सालमाथि खुकुरी प्रहार भएको हो । उनीमाथि सोही ठाउँका ६२ वर्षीय बाबुकाजी लम्सालले खुकुरी प्रहार गरेका हुन् ।

उनको धादिङमा उपचार सम्भव नभएपछि सेनाको हेलिकप्टरबाट काठमाडौंस्थित शिक्षण अस्पताल ल्याइएको छ । खुकुरी प्रहार गर्ने बाबुकाजीलाई प्रहरीले पक्राउ गरेको छ ।

खुकुरी प्रहार गर्नुको कारण खुलेको छैन ।