८ असार २०८३, सोमबार

रेशम चौधरी पक्राउमा अदालतको आदेश कार्यान्वयन गर्नुबाहेक कुनै पूर्वाग्रह होइन : गृहमन्त्री

728
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २५ बैशाख । गृहमन्त्री रमेश लेखकले नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीलाई पक्राउ गर्नु कुनै पूर्वाग्रह नभएको बताएका छन् ।

आज प्रतिनिधिसभा बैठकमा जवाफ दिँदै गृहमन्त्री लेखकले अदालतको आदेश कार्यान्वयन गर्नुबाहेक प्रहरीको अरु कुनै मनसाय नभएको बताएका हुन् ।

‘यसअघि सम्मानित अदालतबाट हुने गरेको पत्राचारलाई प्रहरी प्रशासनले तत्काल कार्यान्वयन गरे झै यस घटनामा पनि सही नियतले कानुनको कार्यान्वयन गर्ने मनसाय बाहेक कुनै पूर्वाग्रह नभएको सम्मानित सदनसमक्ष अनुरोध गर्न चाहान्छु,’ गृहमन्त्री लेखकले भने, ‘भविष्यमा यस्ता घटना नदोहोरिनेतर्फ सबैलाई सजग बनाएको व्यहोरा अनुरोध गर्दछु।’

उनले घटनाप्रति दुःख व्यक्तसमेत गरेका छन् ।