
काठमाडौं, २५ बैशाख । उर्जामन्त्री दिपक खड्काले सरकारले कहिले पनि वक्यौता रकम नउठाए पनि हुन्छ भनेर कसैले नभनेको बताएका छन् ।
बिहीबार विद्युत नियमन आयोगको छैटौं वार्षिकोत्सव समारोहमा बोल्दै उनले तिर्नुपर्ने रकम तिर्न उपभोक्तात यार रहेको भन्दै यस्तो विवाद आउनु लज्जास्पद भएको बताएका हुन् ।
उनले भने,‘समाचारमा आए जस्तो सरकारले कहिलेपनि रकम उठाउन हुँदैन, यीनले जति खाएपनि हुन्छ भनेर भनेको छैन् । प्रयोग गर्नेले यो तिर्दैनौ भनेका पनि छैनन् । यस्तो कमजोरी दशौं वर्षदेखि हुनु आफैंमा लज्जास्पद छ ।’
उनले नियामक निकाय हुँदा पनि उपभोक्ताहरुले बील माग्दा दिने संस्थाले दिएको बील ठिक छ कि छैन भनेर चेकजाँच गर्नुपर्ने बताए ।
‘हामी जनताप्रति पूर्णउत्तरदायी हुनुपरेको छ । यो हाम्रो दायित्व हो । यत्रो अधिकार सम्पन्न नियामन निकाय हुदाँहुदै वक्यौता लगायतका विषयलाई लिएर यति लामो विवाद भएर तिर्नुपर्ने रकम नतिर्ने, उठाउनुपर्ने रमक उठाउन नसक्ने अवस्था आउनु राम्रो भएन् । यस्तो विवाद पनि हुनुहुन्छ र ? अनि अनगर्ल प्रचारप्रसार गरेर कसलाई फाइदा पुर्याँउछ र ? यसको छिनोफानो गर्ने दायित्व नियमन आयोगकै थियो । उपभोक्ता भन्छन्–हामीले प्रयोग गरेको बील दिनुस् । तिर्न तयार छौं । बील दिने संस्थाभन्छ–हामीले जे लेख्यो त्यही बील हो । हामीले पठाएकै बील हो । त्यो बील ठिक छ कि छैन भनेर सबै हेरे त सकिन्छ होला,’उनले भने ।
उनले सरकार हरतवरले दुवै पक्षलाई न्याय हुनेगरी यसलाई छिनोफानो गराउने काममा विद्युत नियमनलाई लाग्न आग्रह गरेका छन् ।












प्रतिक्रिया