७ असार २०८३, आइतबार

आज चारवटा संसदीय समितिको बैठक बस्दै, यस्तो छ कार्यसूची

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २१ वैशाख । संघीय संसदअन्तर्गत आज विभिन्न चारवटा समितिको बैठक बस्दैछ । आइतबार अर्थ समिति, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति र सार्वजनिक लेखा समितिको बैठक बस्न लागेको हो ।

अर्थ समितिको बैठक बिहान साढे ११ बजे बस्दैछ । बैठकमा बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ लाई संशोधन गर्न बनेको विधेयक सम्बन्धमा विज्ञहरूसँग छलफल गरिने कार्यसूची रहेको छ ।

यसैगरी, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठक बिहान ११ बजे समितिको बैठक कक्षमा बस्ने भएको छ । बैठकमा समितिको वार्षिक प्रतिवेदन बारे आन्तरिक छलफल गरिनेछ ।

आज कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठक बिहान १०ः३० बजे सिंहदरबारमा बस्दैछ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना सम्बन्धी र समग्र कृषि क्षेत्रको बिकासमा सिंचाई, मलखाद, चक्लाबन्दी, प्रविधिको प्रयोग, अनुदान, बजारीकरण लगायतका विषयमा कृषि, वन, उर्जा, भूमि र अर्थ मन्त्रालयसँग छलफल गरिने कार्यसूची रहेको छ ।

यस्तै, संघीय संसद, सार्वजनिक लेखा समितिको ४० औं बैठक आज दिनको १ः३० बजे बस्दैछ । बैठकमा सा.ले.स.को २३ औं प्रतिवेदनको मस्यौदा र पोखरा विमानस्थल स्थलगत अध्ययन उपसमितिको प्रतिवेदन सम्बन्धमा, उजुरी तथा बेरुजु छलफलको प्रगति सम्बन्धमा छलफल गरिने कार्यसूची रहेको छ ।