
हेटौंडा, २१ वैशाख । काठमाडौं–हेटौंडा जोड्ने कान्तिलोकपथ सडकअन्तर्गत बागमती खोलामा बाढीले डाइभर्सन बगाउँदा सडक अवरुद्ध भएको छ ।
मकवानपुर र ललितपुरको सिमाना मकवानपुरको भीमफेदी गाउँपालिका–८ र ललितपुरको बागमती गाउँपालिका–२ तर्फको बागमती खोलामा सवारी साधन आवतजावत गर्न बनाएको डाइभर्सन बाटो वर्षाको कारण बगाएकाले सडक अवरुद्ध भएको मकवानपुर प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरले सडक खुलाउने पहल भइरहेको र हेटौंडाबाट काठमाडौं जानको लागि अन्य बाटोहरु प्रयोग गर्न अनुरोध गरेको छ ।









प्रतिक्रिया