२५ असार २०८३, बिहिबार

एमालेको सचिवालय बैठक बस्दै

308
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १ वैशाख । नेकपा (एमाले)को सचिवालय बैठक आज बस्दैछ । बैठक बिहान साढे ११ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्न लागेको एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।

बैठकमा मुलुकको समसामयिक राजनीतिक विषय, पार्टीका वार्षिक कार्यक्रम, पार्टीका अभियान लगायतका विषयमा छलफल हुने बताइएको छ । एमालेले २०८४ सालको निर्वाचनमा एक्लै बहुमत ल्याउने लक्ष्यका साथ अहिले वडा केन्द्रित जरा अभियान सञ्चालन गरिरहेको छ ।