२९ असार २०८३, सोमबार

बालाजु औद्योगिक क्षेत्रमा आगलागी

210
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३० चैत । काठमाडौंको बालाजुस्थित औद्योगिक क्षेत्रमा आगलागी भएको छ ।

आगलागीपछि अहिले जुद्ध बारुणयन्त्रका तीनवटा दमकल आगलागी क्षेत्रमा पुगेको र आगो नियन्त्रणको प्रयास भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं प्रहरी उपरीक्षक अपिलराज बोहराले जानकारी दिए ।

आगलागी भएको खबर पाउनासाथ नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको टोली र बारुणयन्त्रका तीनवटा दमकल अहिले घटनास्थलमा पुगेर आगो नियन्त्रणमा लिने प्रयास भइरहेको उनले बताए ।

आगलागीको कारण भने अहिलेसम्म खुल्न सकेको छैन ।