७ श्रावण २०८३, बिहिबार

आगजनी र चोरीमा संलग्न राजावादीहरू देश बनाउन सक्दैनन् : प्रधानमन्त्री ओली

224
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

दमक, ३० चैत । प्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले देशमा तोडफोड, आगजनी, हत्या, र हिंसा जस्ता गतिविधिहरू अब स्वीकार्य नहुने बताएका छन् । शनिबार झापाको दमकमा आयोजित पार्टीको विशाल जागरणसभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले गत चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको प्रदर्शनको घटनाक्रमलाई लिएर यस्तो बताएका हुन् ।

‘जनतालाई भड्काएर आफ्नो दुनो सोझो पार्न खोज्नेहरू, यही मौका पारेर जनताले मिल्काएर रछ्यानमा पुगिसकेको राजतन्त्र फेरि फर्काउँछौँ भन्नेहरू, उल्किन कति सकेको ?’ प्रधानमन्त्री ओलीले भने, ‘दुई चार सडकछाप मान्छेहरूले राजा फर्काउँछौँभन्दा गाडीको हुटमाथि हात हल्लाउँदै हिँडेको सबै दृश्य देख्नुपर्‍यो । यी तमासाहरू यीनको तरिका के हो ? शैली के हो ?’ प्रधानमन्त्री ओलीले प्रश्न गरे ।

अध्यक्ष ओलीले शान्तिपूर्ण सभा गर्ने भनेर आएका राजावादीहरू आगजनी र चोरीको काममा लागेको भन्दै उनीहरुको हर्कतको आलोचना गरे । ‘चैत १५ गते तीनकुनेमा शान्तिपूर्ण सभा गर्छौं भनेको के को सभा गर्थे ?’ अध्यक्ष ओलीले भने, ‘आगजनी गर्दै, अरुका पसल लुट्दै, क्रान्ति गर्ने, खुब ठूला परिवर्तन ल्याउने त रक्सीका बोतल चोरेर भाग्दै गरेका, स्याउ चोरेर भाग्दै गरेका, औषधि कारखाना आगो लगाउँदै गरेका यस्ताले बनाउँछन् देश ?’

यसैगरी, प्रधानमन्त्री ओलीले तीनकुने प्रदर्शनमा सहभागी राजावादी प्रदर्शनकारीहरूभन्दा पशुपतिका बाँदर नै राम्रो भएको टिप्पणी गरे ।

‘राजा फर्काउने अरे, राजा फर्काएपछि ती प्रधानमन्त्री मन्त्री बन्ने अरे । तिनीहरूलाई भन्दा त पशुपतिका बाँदरलाई मन्त्री बनायो भने अलिकति राम्रो हुन्छ ।’ प्रधानमन्त्री ओलीले भने । आफ्नो पार्टीले सरकारको नेतृत्व गर्दा सधै सकारात्मक काम भएको प्रधानमन्त्री ओलीको भनाई थियो ।