९ असार २०८३, मंगलबार

विश्वशान्तिको कामना गर्दै भैरहवामा मनाइयो हनुमान् जयन्ती

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

रूपन्देही, ३० चैत । विश्वशान्तिको कामना गर्दै भैरहवामा हनुमान् जयन्ती मनाइएको छ ।

श्रीरामजानकी हनुमान् मन्दिर सेवा समिति, रुपन्देही मारवाडी युवा मञ्च, श्याम मित्र मण्डल, हनुमान् मन्दिर मिश्रोलियालगायत विभिन्न संस्थाको आयोजनामा भैरहवा तथा आसपासका क्षेत्रमा हनुमान्को पूजाअर्चना, रामायण तथा हनुमान् चालिसा पाठका हनुमान् जयन्ती मनाइएको हो ।

भैरहवामा शोभायात्रा पनि निकालिएको थियो । विश्वशान्ति तथा जनकल्याणको कामना गर्दै हनुमान् जन्मोत्सव मनाउने परम्परा रहेको श्री रामजानकी हनुमान् मन्दिर सेवा समितिका अध्यक्ष नरेन्द्रप्रसाद रौनियारले बताए ।

हनुमान्लाई शक्ति, भक्ति र सेवाको प्रतीक मानिन्छ ।