५ श्रावण २०८३, मंगलबार

तस्वीरमा हेर्नुहोस् बालाजु २२ धारा मेला

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३० चैत । काठमाडौंको बालाजुमा आज बाइसधारा मेला लागेको छ । चैत शुक्ल पूणिर्माका दिन यहाँ वर्षेनी मेला लाग्ने गर्छ । बाइसधारामा स्थान गरे मुक्तिनाथ तथा गोसाईंकुण्डमा स्नान गरे बराबरको पुण्य प्राप्त हुने जनविश्वास रहेको छ । मल्लकालीन राजा जयप्रकाश मल्लले बालाजुमा २१ धारा निर्माण गराएका थिए । नागार्जुनको वनमा एक किसिमको ल्हुति भन्ने फल पाउने गरिएको र त्यस फलको रस मिसिएर त्यहाँको पानी बग्ने भएकाले पानी औषधिय महत्वको रहेको विश्वास गरिन्छ । यस कारण पनि बाइसधाराको पानीमा नुहाउँदा चर्मरोग निको हुने विश्वास गरिन्छ ।