२१ कार्तिक २०८३, शनिबार

‘कोटिहोम’बारे भिडियो रिपोर्ट बनाएको भन्दै पत्रकार ढुंगानालाई धम्की

994
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३० चैत । पोखरामा महायज्ञको तयारी गरिरहेका विवादित धर्मगुरु विजय भण्डारी उर्फ विजय कृष्णमूर्ति निकट केही व्यक्तिले पत्रकारलाई धाकधम्की दिएका छन् ।

‘कोटिहोमका नाममा धन्न ठूलो आगलागी हुनबाट जोगियो पोखरा’ शीर्षकमा भिडियो रिपोर्ट बनाएका पत्रकार सुमन ढुंगानालाई शुक्रबार भण्डारीको मानवसेवा फाउन्डेशनसँग सम्बन्धित व्यक्तिले धम्की दिएका हुन् ।

प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य समेत रहेका पत्रकार ढुंगानाका अनुसार ९७४५३००८६० नम्बरको मोबाइलबाट एक व्यक्तिले उनलाई फोन गरी भिडियो समाचार किन सार्वजनिक गरेको भन्दै धम्की दिएका हुन् । साथै, ती व्यक्तिले ‘न्युज २४ मा हाम्रो पनि ठूलो चिनजान छ’ भन्दै ‘जे पनि गर्न सक्ने’ धम्की दिएका छन् ।

ढुंगानाले आफूलाई धम्की दिने व्यक्तिविरुद्ध कानुनी उपचारमा जाने बताएका छन् ।

विवादित धर्मगुरु भण्डारी यसअघि पशुपति परिसरमा कोटिहोम गरेर पनि विवादमा तानिएका थिए । भण्डारीमाथि ठगीको आरोप लागेको छ ।