२७ असार २०८३, शनिबार

सामाजिक सञ्जालमार्फत चरित्रहत्या गरेको अभियोगमा युवक पक्राउ

2.3k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २९ चैत । सामाजिक सञ्जालमार्फत युवतीको चरित्रहत्या गरेको अभियोगमा ललितपुर महानगरपालिका वडा नं ४ का २४ वर्षीय आयुष अधिकारीलाई प्रहरीले पक्राउ गरेको छ ।

सञ्जालमार्फत चिनजान भई प्रेम सम्बन्धमा रहेकी पीडित युवतीले आफ्नो प्रेमीलाई पठाएको गोप्य भिडियो सम्बन्ध छुटेपछि दुरूपयोग गरी पैसा माग्ने, आपत्तिजनक शब्द प्रयोग गरी शारीरिक सम्बन्ध राख्न बोलाउने र नआएमा भिडियो सामाजिक सञ्जालमा राख्ने भनी धम्की दिएको भन्ने उजुरीका आधारमा उनलाई साइबर ब्यूरोले पक्राउ गरेको हो ।

उनीमाथि विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा जिल्ला अदालत काठमाडौंबाट चार दिन म्याद थप अनुमति लिई अनुसन्धान भइरहेको ब्यूरोले जनाएको छ ।