२१ कार्तिक २०८३, शनिबार

गाँजा र चरेससहित पर्साबाट ४ जना पक्राउ

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पर्सा, २८ चैत । दुई किलो चरेससहित पर्साबाट एक जना भारतीय नागरिक पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा बिहार मोतिहारी थाना सुगौली ग्राम छपरा–७ का ४५ वर्षीय विकास साह रहेका छन् । उनलाई वीरगञ्ज महानगरपालिका–१६ शंकराचार्य गेटस्थित सडकबाट मंगलबार पक्राउ गरिएको पर्सा प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक किशोर लम्सालले बताए । उनको साथबाट दुई किलो गाँजा फेला परेपछि नियन्त्रणमा लिएर अनुसन्धान थालिएको लम्सालले बताए ।

शंकराचार्य गेटबाटै अन्य तीन जनालाई प्रहरीले गाँजासहित पक्राउ गरेको छ । पक्राउ पर्नेमा पर्सागढी नगरपालिका–३ का २९ वर्षीय पञ्चलाल माझी, २१ वर्षीय मुकेश माझी र ४४ वर्षीय सुनिल बम्जन रहेका छन् ।

उनीहरूको साथबाट पाँच किलो ७५० ग्राम गाँजा बरामद भएको छ ।