२३ असार २०८३, मंगलबार

भक्तपुरको सल्लाघारीमा गाडी पल्टिँदा दुई जना घाइते

1.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २८ चैत । भक्तपुरको सल्लाघारीमा बीच सडकमा गाडी पल्टिँदा दुई जना घाइते भएका छन् ।

बिहीबार बिहान बा३ ख२४४६ नम्बरको मध्य उपत्यका बस सेवा समितिको गाडी बीच सडकमा नै पल्टिँदा दुई जना सामान्य घाइते भएको जिल्ला प्रहरी परिसरका डिएसपी ढण्डीराज न्यौपानेले जानकारी दिए ।

तीव्र गतिमा गाडी चलाएको कारण पल्टिएको उनले जानकारी दिए । उनले भने, ‘तीव्र गतिमा गाडी चलाएको कारण पल्टिएको हो । दुई जना सामान्य घाइते हुनुभएको छ ।’ गाडीमा ९ जना यात्रु रहेका थिए ।