
काठमाडौं, २८ चैत । संघीय संसदका तीनवटा समितिको बैठक बस्दैछ ।
संसद सचिवालय, सिंहदरबार परिसरमा तीनैवटै समितिको बैठक बस्न लागेको हो । जसअनुसार पूर्वाधार विकास समितिको बैठक बिहान ११ः०० बजे बोलाइएको छ । बैठकमा विद्युत विधेयक, २०८० माथि दफावार छलफल जारी रहने भएको छ ।
यसैगरी, विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा भने चालु आर्थिक बर्ष ०८१/०८२ को बजेटको खर्चको स्थिति र अगामी आर्थिक वर्ष ०८२/०८३ को बजेटको तयारी सम्बन्धमा छलफल हुनेछ । बैठक बिहान १०ः०० बजेबाट सुरू हुने जनाइएको छ ।
विधायन व्यवस्थापन समितिको बैठकमा भने पुरानै अजेन्डा पानीजहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१ मा दफावार छलफल गरिने भएको छ । बैठक बिहान ११ः०० बजे बोलाइएको छ ।








प्रतिक्रिया