११ असार २०८३, बिहिबार

काठमाडौंमा बिहानैदेखि वर्षा, कस्तो रहन्छ आज दिनभरको मौसम ?

2.9k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २८ चैत । काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा आज बिहानदेखि मेघगर्जन र चट्याङसहित वर्षा भइरहेको छ ।

मौसम पूर्वानुमान महाशाखा अनुसार हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ । यसका साथै बंगालको खाडीबाट भित्रीरहेको जलवाष्पयुक्त हावाको समेत प्रभाव रहेको छ ।

आज देशभर आंशिकदेखि साधारणतया बदली रहने महाशाखाले जनाएको छ । कोशी, मधेश लगायत देशको पहाडी भू–भागका केही स्थानहरूमा तथा देशका बाँकी भू–भागका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

महाशाखाका अनुसार देशको उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा हल्का वर्षा, हिमपातको सम्भावना रहेको छ ।