१६ असार २०८३, मंगलबार

१०९ किलो गाँजा र कटुवा पेस्तोलसहित एक युवक पक्राउ

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

रौतहट, २७ चैत । रौतहट प्रहरीले १ सय ९ किलोग्राम लागुऔषध गाँजा र हतियारसहित एक युवकलाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय रौतहटबाट खटिएको प्रहरी गस्तीको टोलिले ईशनाथ नगरपालिका–१ स्थित झोलुङ्गे पुलको पश्चिममा रहेको केरा घारीबाट लागूऔषध गाँजा र हतियारसहित एक युवकलाई पक्राउ गरेको हो ।

रौतहट प्रहरीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) दिलीप घिमिरेका अनुसार गौर नगरपालिका–४ निवासी २१ वर्षीय सावन गिरीलाई पक्राउ गरीएको हो । पक्राउ परेका गिरीसँगै रहेका अन्य ६/७ जना व्यक्ति फरार रहेको र उनीहरूको खोजी कार्य जारी रहेको उनले जानकारी दिए ।

प्रहरीले गिरीको साथबाट १ सय ९ किलोग्राम लागूऔषध गाँजा र ८ एमएम केएफ लेखिएको लोडेड कटुवा पेस्तोल एक थान, ८ एमएम केएफ लेखिएको ३ राउन्ड गोली, रियलमी कम्पनीको स्क्रिनटच एक थान मोबाइल पनि बरामद गरेको छ ।

पक्राउ परेका गिरीलाई लागुऔषध तथा हातहतियार खरखजानाअन्तर्गत मुद्दा चलाउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यलय रौतहटले जनाएको छ ।