१५ असार २०८३, सोमबार

४ किलो गाँजासहित रौतहटबाट एक जना पक्राउ

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

रौतहट, २७ चैत । रौतहटको बनबहुअरी टोलबाट प्रहरीले लागुऔषध (गाँजा)सहित एक जनालाई पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरबाट विशेष सूचनाको आधारमा खटिएको प्रहरी टोलिले चन्द्रपुर नगरपालिका वडा नं. ७ बनबहुअरी टोलबाट ४ किलो १०० ग्राम लागुऔषध गाँजासहित सोही स्थान बस्ने वर्ष ५० का सुरेन्द्र साहलाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ ।

प्रहरीका अनुसार घर खानतलासी गर्दा साह सुत्ने कोठामा रहेको खाटमुनी झोलामा लागु औषध (गाँजा) फेला परेका हो । लागुऔषधसहित थप अनुसन्धानको लागि रौतहट जिल्ला अदालतबाट १० (दश) दिनको म्याद थप भई अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यलय रौतहटले जनाएको छ ।