२० असार २०८३, शनिबार

रास्वपाको सचिवालय बैठक बस्दै

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २७ चैत । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालयको बैठक बस्दैछ । कार्यवाहक प्रवक्ता मनिष झाका अनुसार बुधबार अपरान्ह ४ बजे केन्द्रीय कार्यालय बनस्थलीमा बस्ने गरी बैठक बोलाइएको हो ।

बैठकको छलफलका एजेण्डाहरुमा अघिल्लो बैठकको समीक्षा, पार्टी गतिविधि र समसामयीक राजनीतिक घटनाक्रम, महाधिवेशन, जनयात्रा, प्रदेश हेर्ने पदाधिकारी र केन्द्रीय सदस्यलगायत रहेका छन् ।

सभापति रवि लामिछाने पुनः पक्राउ परे पछि रास्वपाले पहिलो पटक केन्द्रिय कार्यालयमा सचिवालय बैठक बोलाएको हो ।