५ श्रावण २०८३, मंगलबार

छोरीलाई बलात्कार गरेको आरोपमा बाबु पक्राउ

630
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

रौतहट, २६ चैत । आफ्नै छोरीलाई जबरजस्ती करणी गरेको आरोपमा पर्सा प्रहरीले बाबुलाई पक्राउ गरेको छ । नेकमेकबाट साइबर टिपलाइन रिपोर्ट २०७९६२८८६ को आधारमा जिल्ला प्रहरी कार्यालय पर्सा र साइबर ब्युरो भोटाहिटी काठमाडौंको संयुक्त प्रहरीको टोलीले चैत २२ गते दिउँसो ३ बजेको समयमा बाबुलाई पक्राउ गरेको हो ।

बाल यौन शोषण सामग्रीसहितको भिडियो भएको मोबाइल पनि प्रहरीले नियन्त्रणमा लिएको पर्सा प्रहरीका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक (डिएसपी) किशोर लम्सालले जानकारी दिए । उनका अनुसार आफ्नै छोरीलाई बाल यौन शोषण सामग्री देखाएर बलात्कार गरेको र घटनाको भिडियो समेत गुगल ड्राइभमा सङ्ग्रह गरेको खुलासा भएको छ । डिजिटल प्रविधिको दुरुपयोग गरी आफ्नै छोरीमाथि यौन दुर्व्यवहार गरेको आरोपमा बाबुलाई पक्राउ गरी अनुसन्धान थालिएको उनले बताए ।

पक्राउ परेका बुवाको परिचय भने प्रहरीले गोप्य राखेको छ । उनीविरुद्ध करणीसम्बन्धी कसुर तथा विद्युतीय कारोबार ऐन २०६३ अन्तर्गतको मुद्दामा अनुसन्धान सुरु गरेको प्रहरीले जारी गरेको विवरणमा उल्लेख गरेको छ । उनीविरुद्ध पर्सा जिल्ला अदालतबाट सात दिनको म्याद थप भइसकेको जिल्ला प्रहरी कार्यालय पर्साले जानकारी दिएको छ ।