
काठमाडौं, २५ चैत । आज सुनको भाउ घटेको छ । नेपाली बजारमा सुनको भाउ सोमबार तोलाकै ७ सय रूपैयाँले घटेको हो ।
साताको पहिलो दिन १९ सयले घटेको छापावाल सुन आज पनि तोलामा ७ सयले घटेर एक लाख ७३ हजार ८ सय कायम हुन पुगेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज चाँदी तोलामा भने ३० रुपैयाँले बढेको छ । आइतबार १८ सयमा कारोबार भएको चाँदी सोमबार तोलामा १ हजार ८ सय ३० रुपैयाँमा कारोबार भइरहेको छ ।








प्रतिक्रिया