२९ असार २०८३, सोमबार

राप्रपाको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै

210
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २५ चैत । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दैछ । बैठक सोमबार ३ बजे पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बस्नेछ ।

बैठकमा मंगलबारका लागि तय गरिएको जनप्रदर्शन, समसामयिक पछिल्लो राजनीतिक विषयमा छलफल हुने बताइएको छ ।

राप्रपाले मंगलबार काठमाडौंको भृकुटीमण्डपमा जनप्रदर्शनसहित सभाको तयारी गरिरहेको थियो । तर जिल्ला प्रशासन कार्यालय काठमाडौंले सुरक्षाको अवस्था देखाउँदै त्यस स्थानमा कार्यक्रम गर्न नदिने निर्णय गरेपछि राप्रपाले कार्यसम्पादन समिति बैठक बस्न लागेको हो ।