१ श्रावण २०८३, शुक्रबार

बार निर्वाचनको मतगणना आजदेखि

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २५ चैत । शनिबार सम्पन्न नेपाल बार एसोसिएसनको निर्वाचनको मतगणना आज सुरु हुँदैछ ।

आज बिहान १० बजे बैठक बसेर दिउँसो १२ बजेदेखि मतगणना सुरु गर्ने तयारी रहेको प्रमुख निर्वाचन अधिकृत रामकृष्ण निरलाले जानकारी दिए । उनका अनुसार सबै बुथ संकलन भइसकेपछि मतगणना सुरु गर्न लागिएको हो ।

काठमाडौंस्थित बारको कार्यालयमै मतगणना गरिनेछ । मतगणना सक्न ३ देखि ४ दिनसम्म लाग्न सक्ने उनले बताए । बार एसोसिएसनको २७ औँ केन्द्रीय कार्यसमितिको चयनका लागि शनिबार मतदान भएको थियो ।

काठमाडौं र बाहिर गरी ३६ वटा केन्द्रमा मतदान भएको हो ।

नयाँ नेतृत्वका लागि अध्यक्षमा बृहत् लोकतान्त्रिक, प्रगतिशली, पेसागत, राष्ट्रवादी एवं समावेशी कानुन व्यवसायी समूहबाट वरिष्ठ अधिवक्ता प्रा.डा. विजयप्रसाद मिश्र र व्यावसायिक कानुन व्यवसायी समूहबाट वरिष्ठ अधिवक्ता रमनकुमार श्रेष्ठ प्रतिस्पर्धामा छन् ।