
काठमाडौं, २३ चैत । सेतो मच्छिन्द्रनाथ अर्थात् आर्यावलोकितेश्वरको मूर्तिको रथयात्रा हरेक वर्ष चैत्र शुक्लअष्टमी चैते दसैँदेखि सुरु हुन्छ ।
यस वर्ष पनि आजबाट काठमाडौँ उपत्यकामा वर्षा र सहकालका देवता मानिएका सेतो मच्छिन्द्रनाथको रथयात्रा सुरु गरिएको हो । यो रथ यात्रा तीनदिनसम्म चलाउने गरिन्छ ।
काठमाडौँ उपत्यकाका वृद्धवृद्धालाई दर्शन गराउन रथलाई नगर परिक्रमा गराउने चलन छ । करुणामय र आर्याअवलोकितेश्वरको नामबाट पनि चिनिने सेतो मच्छिन्द्रनाथलाई जनबहालबाट नगरपरिक्रमा गराई जमलमा बनाइएको रथमा प्रतिस्थापन गराइएपछि नगर परिक्रमा गर्ने प्रचलन छ ।
अन्तिम दिन असन, वसन्तपुर, जैसी देवल, लगन हुँदै पुनः रथयात्रा लगनटोलस्थित मच्छिन्द्रनाथकी आमालाई तीनपटक परिक्रमा गराएपछि मच्छेन्द्र बहालमा ल्याएर सम्पन्न हुन्छ ।
शनिबार पहिलो दिन सेतो मच्छिन्द्रनाथलाई जमलबाट असनसम्म पु¥याइएको छ । आइतवार अर्थात् दोस्रो दिन असनबाट हनुमानढोका अगाडिसम्म र तेस्रो दिनसेतो मच्छिन्द्रनाथको रथ तानेर हनुमानढोकाबाट पुनः लगनटोलस्थित मच्छेन्द्रबहालमा ल्याएर सम्पन्न हुन्छ ।
तस्वीरहरू-









प्रतिक्रिया