१७ असार २०८३, बुधबार

गुठी संस्थानमार्फत पर्यटन प्रबर्द्धनका लागि धार्मिक सम्मेलन सम्पन्न !

252
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बागलुङ, २३ चैत । गूठी संस्थान स्थापनाको ६० बर्ष यता पहिलो पटक देशभरका धार्मिक क्षेत्रमा काम गरिरहेका महन्त, पुजारी, मन्दिर व्यवस्थापन समितिका पदाधिकारी, तीन तहका सरकारका जनप्रतिनिधिहरु र धार्मिक क्षेत्रका विज्ञहरुकाबीच आयोजित धार्मिक सम्मेलन बागलुङ्गस्थित प्रशिद्ध धार्मिक पिठ बाग्लुङ्ग कालिका मन्दिरमा सम्पन्न भएको छ ।

गण्डकी प्रदेशका मुख्यमन्त्री सरेन्द्रराज पाण्डेले चैत्र २० गते उद्घाटन गरेको कार्यक्रममा बाग्लुङबाट निर्वाचित संघीय सांसद, प्रदेश सांसद, नगरपालिकाका मेयर उपमेयर, गाउँपालिका अध्यक्ष लगायत जनप्रतिनिधिहरु साथै गूठी संस्थानका अध्यक्ष शिवराज पन्डित, प्रशाशक शैलेशराज कुँवरको उपस्थिति रहेको थियो ।

गुठी संस्थानका सहायक प्रशासक राजेन्द्र दाहालले गुठी संस्थानले धर्म संस्कृती रक्षा, सम्पदाको संरक्षण र सभ्यता निर्माणका लागि हालसम्म गरिरहेका पहलबारे कार्यपत्र प्रस्तुत गरेका थिए ।

कालिका मन्दिर ब्यवस्थापन समितिका अध्यक्ष कुमार खड्काको अध्यक्षतामा सम्पन्न धार्मिक सम्मेलनमा जानकी मन्दिर धनुषाधाम, मटिहानी मन्दिर महोत्तरी, चतराधाम सुनसरी स्वर्गद्वारी मन्दिर प्युठान, रुरुक्षेत्र मन्दिर गुल्मी, रेसुङ्गा मन्दिर गुल्मी, गलेश्वर धाम म्याग्दी, मुक्तिनाथ मन्दिर मुस्ताङ, मनकामना मन्दिर गोर्खा, गुप्तेस्वर महादेब मन्दिर पर्वत, पन्चकोट मन्दिर बाग्लुङ्ग, महाबौद्ध गुम्बा काठमाडौं, स्वयम्बुनाथ गुम्बा काठमाडौं, पाथिभरा मन्दिर ताप्लेजुङ्ग, चुरियामाई मन्दिर मकवानपुर, गडियामाई मन्दिर बारा, बारही मन्दिर कास्की, कृष्ण मन्दिर पाटन, दक्षिणकाली मन्दिर काठमाडौं , सुपादेउराली मन्दिर अर्घाखाँची, भिमेस्वर मन्दिर र हलेशी मन्दिर दोलखा लगायत देशभरका शक्तिशाली शक्तिपिठहरुका करिब डेढ सय मन्दिर गुम्बाहरुबीच एकापसमा सिकाइ आदान–प्रदान र मन्दिरको बैज्ञानिक ब्यबस्थापनबारे अन्तक्रिर्याको लागि समय ब्यबस्थापन गरिएको थियो ।

बाग्लुङ कालिका मन्दिरको ब्यवस्थापन रहेको उक्त कार्यक्रममा चैत्र २१ गते म्याग्दी बाग्लुङ्ग र पर्वत जिल्लाका प्रशिद्द धार्मिक पिठहरुमा तीर्थाटन पनि गराइएको थियो ।

गुठी संस्थानले यति महत्वपूर्ण कार्यक्रम गरेकोमा प्रमुख अतिथी, अतिथी लगायत सम्पूर्णले धन्यवाद दिएका थिए । सहभागी धेरै शक्तिपिठहरुले हरेक बर्ष यस्ता कार्यक्रम गर्नु पर्ने र आयोजना आफ्नो मन्दिरलाई ब्यबस्थापन गर्न दिन माग गरेका थिए । संस्थानका अध्यक्ष डा. शिबराज पन्डितले सबैलाइ धन्यवाद दिँदै सहयोग समर्थन गर्नेका कारण कार्यक्रम भब्यताका साथ सम्पन्न भएको बताए ।