१६ असार २०८३, मंगलबार

भट्टेडाँडाबाट भारतीय एम्बुलेन्समा अवैध ट्रामाडोल क्याप्सुल बरामद, चारजना पक्राउ

1.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २३ चैत । शनिवार ललितपुर भट्टेडाँडाको चेकपोष्टमा खटिएको प्रहरी टोलीले भारतीय एम्बुलेन्समा ठूलो परिमाणमा अवैध लागू औषध ट्रामाडोल क्याप्सुल बरामद गरेको छ ।

शनिबार वीरगञ्जबाट काठमाडौं आउदै गरेको बीआर ०५ पीआर ०४२१ नम्बरको भारतीय एम्बुलेन्समा ९४ हजार ८० थान क्याप्सुलसहित तीन थान मोबाइल बरामद गरिएको हो ।

प्रहरीले भारतका २० वर्षीय समिर आलम, ३३ वर्षका मोहम्मद मुन्ना अन्सारी, ४५ वर्षका नोजन खातुन र २२ वर्षका मोहम्मद उमर सिद्दिकीलाई पक्राउ गरेको छ ।

प्रहरीले आवश्यक कारवाहीको लागि प्रहरी वृत्त चापागाउँ ललितपुरमा दाखिला गराएको र थप अनुसन्धान भइरहेको जानकारी दिएको छ ।