
काठमाडौं, २३ चैत । हिजो साँझ पुनः पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुर्याइएको छ ।
उच्च अदालत, बुटवलले पुनः पक्राउ गर्न आदेश दिए लगत्तै हिजो साँझ पक्राउ परेका लामिछानेलाई रूपन्देही हिरासतमा राख्नका लागि विमानस्थल लगिएको हो । उनलाई ९ः०० बजेको फ्लाइटबाट रूपन्देही लगिँदैछ ।
हिजो रातभर जिल्ला प्रहरी परिसर काठमाडौंको हिरासतमा रहेका लामिछानेलाई बिहानै विमानस्थल लगिएको हो ।








प्रतिक्रिया