३१ जेष्ठ २०८३, आइतबार

सङ्क्रमणकालीन आयोगका पदाधिकारी छनोट प्रक्रियामा सुझाव दिन आग्रह

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २३ चैत । बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्य निरुपण तथा मेलमिलाप आयोगको अध्यक्ष तथा सदस्यको नाम सिफारिस समितिले पदाधिकारी छनोट प्रक्रियाका बारेमा आफ्ना राय सुझाव उपलब्ध गराउन आग्रह गरेको छ ।

समितिको बैठकले ती आयोगका अध्यक्ष तथा सदस्यको नाम सिफारिससम्बन्धी छनोट प्रक्रिया, २०८१ को मस्यौदामा सार्वजनिक रूपमा राय, प्रतिक्रिया माग गर्ने निर्णय भएको जनाएको छ । सोही निर्णयका आधारमा आप्ना राय सुझाव पठाउन आग्रह गरिएको समितिका प्रवक्ता डा. लीली थापाले जानकारी दिइन् ।

समितिले तयार पारेको मस्यौदा बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्य निरुपण तथा मेलमिलाप आयोगको वेबसाइट र कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयको सूचना पाटीमासमेत प्रकाशन गरिएको जनाएको छ । मस्यौदामाथि यही चैत २६ गतेभित्र आफ्ना सुझाव पठाउन सकिने उल्लेख छ ।