
बारा, २२ चैत । जीतपुरसिमरा उपमहानगरपालिका–५ बकुलियास्थित सडकमा ग.१ क ५१०६ नम्बरको ट्रकको ठक्करबाट सोही ठाउँ बस्ने कृष्णकुमार गुप्ताकी छोरी १८ महिनाकी आकृतीकुमारी गुप्ताको शुक्रबार बिहान मृत्यु भएको छ ।
ठक्करबाट गम्भीर घाइते भएकी उनको बयोधा हस्पिटल वीरगञ्जमा उपचारको क्रममा मृत्यु भएको हो ।
प्रहरीले ट्रक चालकलाई नियन्त्रणमा लिई दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।








प्रतिक्रिया