९ श्रावण २०८३, शनिबार

प्रधानमन्त्री ओलीसँगको भेटघाट फलदायी रह्यो : मोदी

560
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २२ चैत । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बैंककमा प्रधानमन्त्री केपी शर्मा ओलीसँगको भेटघाट फलदायी रहेको बताएका छन् । सामाजिक सञ्जालमा लेख्दै मोदीले भारतले नेपालसँगको सम्बन्धलाई ठूलो प्राथमिकता दिएको उल्लेख गरेका छन् ।

‘बैंककमा प्रधानमन्त्री केपी शर्मा ओलीसँगको भेटघाट फलदायी रह्यो । भारतले नेपालसँगको सम्बन्धलाई ठूलो प्राथमिकता दिएको छ । हामीले भारत-नेपाल मित्रताका विभिन्न पक्षहरू विशेष गरी ऊर्जा, कनेक्टिभिटी, संस्कृति र डिजिटल प्रविधि जस्ता क्षेत्रहरूमा छलफल गर्यौं । हामीले यस वर्षको बिमस्टेक शिखर सम्मेलनबाट प्राप्त केही प्रमुख सकारात्मक परिणामहरू विशेष गरी विपद् व्यवस्थापन र समुद्री यातायातका क्षेत्रहरूमा पनि कुरा गर्यौं ।’ भारतीय प्रधानमन्त्री मोदीले एक्स (ट्वीटर)मा लेखेका छन् ।

Skip This