२९ असार २०८३, सोमबार

हुण्डी कारोबारमा संलग्न चिनियाँ नागरिक पक्राउ

420
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २२ चैत । हुण्डी कारोबारमा संलग्न रहेको अभियोगमा एक जना चिनियाँ नागरिक पक्राउ परेका छन् ।

काठमाडौं महानगरपालिका–६ बौद्ध बस्ने तिब्बत घर तथा भारत सुजा–३ जोगिन्दर नगर मडी ठेगाना भएकी चिनियाँ नागरिक २६ वर्षीया रिक्से वाङमोलाई प्रहरीले पक्राउ गरेको हो ।

काठमाडौं महानगरपालिका–२७ महाबौद्धमा हुण्डी कारोबार भइरहेको भन्ने सूचनाको आधारमा प्रहरी वृत्त जनसेवाबाट खटिएको प्रहरी उनलाई नगद २० लाख ९२ हजार रूपैयाँसहित फेला पारी पक्राउ गरेको हो । उनी उपर जिल्ला अदालत काठमाडौंबाट ४ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।